१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चितवनमा वस खस्दा ३ जनाको घटनास्थलमै मृत्यु, २३ जना घाइते



मायादेवी अनलाइन ।
चितवनमा आज भएको सवारी दुर्घटनामा परी ३ जनाको घटनास्थलमै ज्यान गएको छ । जलविरेमा विहान २ बजे बस सडकबाट ५० मिटर तल खोल्सामा खस्दा ३ जनाको मृत्यु भएको हो । घटनामा २३ जना घाइते भएका छन् ।
ज्यान गुमाउने तीनैजना पुरुष हुन् ।

ज्यान गुमाउनेमा झापाको मेचीनगर नगरपालिका ८ का ३५ वर्षका उदयमान राजवंशी रहेका छन् । अरु दुईजनाको भएको छैन । घाइतेमध्ये एकजनाको चितवन मेडिकल कलेज र अरु २२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  २ : २९ बजे