८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

साउदी अरेबियाको लागानी सम्मेलन अमेरिका र बेलायतले वहिष्कार गर्ने



एजेन्सीको सहयोगमा  ।

अमेरिका तथा बेलायतका वित्त मन्त्रीले साउदी अरेबियामा हुने लगानी सम्मेलन बहिष्कार गर्ने भएका छन् ।बेपत्ता पत्रकार जमाल खाशोग्गीको विषयलाई लिएर अमेरिकी वित्त मन्त्री स्टिभन एमनुचिन तथा बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिएम फक्सले रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने भएका हुन् ।

साउदी अरेबियाका पत्रबार खाशोग्गी यहि अक्टोबर २ देखि बेपत्ता छन्, उनको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा हत्या भएको टर्कीले दाबी गरेको छ ।

द फ्युचर इनभेस्टमेन्ट इनिसिएटिभ समिट यहि अक्टोबर २३ देखि २५ सम्म हुँदैछ । साउदी अरेबियाका शक्तिशाली युवराज अर्थात क्राउन प्रिन्स मोहम्मद बिन सलमानले आफ्ना सुधारका एजेण्डा प्रमोट गर्न यो सम्मेलन आयोजना गरेका हुन् । युवराज सलमानले आर्थिक तथा सामाजिक आधुनिकिकरण अभियानलाई भिजन २०३० नाम दिएका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  २ : ५५ बजे