१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रकवि घिमिरेको दशैँ



मायादेवी अनलाइन ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्ना पारिवारिक सदस्यालई टीका लगाएर दसैँ मनाउनु भएको छ । गत असोज सात गते एक सय वर्षको जन्मदिन मनाउनु भएका
शताब्दी पुरुष घिमिरेले लैनचौरस्थित आफ्नै निवासमा परिवारको साथमा दशैँ मनाउनु भएको हो । राष्ट्रकवि घिमिरेले छोरा बुहारी, छोरीज्वाई, नातीनातीनासँगै उहाँका शुभचिन्तकलाई टीका लगाइदिनु भएको थियो ।

टीका तथा प्रसाद प्रदान गर्ने क्रममा निकै प्रसन्न मुद्रामा रहनु भएको थियो । साथै उहाँले शुभचिन्तकलाई पनि टिकालगाइदिनु भएको थियो । दशैँ मनाउने क्रममा घिमिरेले सबैलाई आफ्नोसँगै समाज र देश विकासका लागि जुट्न प्रेरणा मिलोस भन्ने आर्शिवाददिनु भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ११ : ३० बजे