१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशमीको भोलीपल्ट आज पापांकुश एकादशी, टिका लगाउने क्रम जारी



मायादेवी अनलाइन ।
यस बर्षको विजयाशमीको भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी आज । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ ।

पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशीदेखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।

आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ । कार्तिक ७ गते कोजाग्रत पूर्णिमापछिका दशैँ औपचारिक रुपमा सकिन्छ । शुक्रबार विजयादशमीको मुख्य दिन देशभर हर्षोल्लासका साथ मनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  १ : ५७ बजे