१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतमा रेल दुर्घटना – ६० बढीको मृत्यु, सय बढी घाइते



एजेन्सी ।

मानिसहरुको भीँडमा एक्कासी रेल कुद्धा ६० जनाभन्दा बढीको ज्यान गएको छ । पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ ।पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएा छन् । दुर्घटनामा एक सय बढी घाइते भएका छन् ।
अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालाई ह्रदयविदारक भनेका छन् ।उनले तत्काल आवश्यक सहयोगका लागि अधिकारीहरूलाई निर्देशन दिइएको उल्लेख गरेका छन् । भारतीय संचार माध्यमको सहयोगमा ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ३ : ३८ बजे