२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

३२ वर्षपछि सोमबार राति उल्का बर्षा हुने



मायादेवी अनलाइन ।
आइतबार रातिदेखि सोमबार रातिसम्म उल्का बर्षा हुने भएको छ । ३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा देखिन लागेका नेपाल एस्ट्रानोमिकल सोसाइटीकाले जनाएको छ । सोसाइटीका अनुसार ती उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो ।
उल्का वर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजे सम्म देख्न सकिने भएता पनि उल्का वर्षा हेर्नको लागि ३ः४५ पछिको समय उत्तम हुने सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ४ : ०८ बजे