११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

खुकुरी प्रहार गरी युवकको हत्या



मोरङ ।

मोरङको पथरीशनिश्चरे–८ को शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसइबीलाई लिएर त्यसै ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरी सहित राति नै पक्राउ गरेको र मृतकको शव उर्लाबारी–३ को मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ६ : २२ बजे