१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीमतीको हत्या आशंकामा श्रीमान पक्राउ



दैलेख ।
श्रीमतीको हत्या आशंकामा दशैलेखमा श्रीमान पक्राउ परेका छन् । नौमुले गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगरलाई ५५ वर्षीया श्रीमती लक्ष्मीको हत्या आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार श्रीमान–श्रीमती बीच सधैँ जसो झगडा हने गरेको थियो ।
दशैँको दिन बिहानै उनीहरु मदिरा सेवन गरेको र उक्त घटना घटेको हुनसक्ने पोखरेलले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ९ : ३३ बजे