१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतमा रेलले किच्दा मृत्यु हुनेको संख्या ७० पुग्यो, राज्य र केन्द्र सरकारद्धारा राहतको घोषणा



एजेन्सी ।

भारतको पञ्जाव राज्य स्थित अमृतसरमा रेलले कुच्दा मृत्यु भएकाहरुलाई त्यहाँको राज्य सरकारले जनही पाँच लाख र केन्द्रले सरकारले दुई लाख राहत स्वरुप दिने घोषणा गरेको छ ।

साथै घाइतेलाई निःशुलक उपचार सहित जनही ५० हजार भारु दिने केन्द्र सरकारले निर्णय गरेको छ। उक्त घटनालाई लिएर पञ्जावमा शनिबार शोक दिवस समेत घोषणा गरिएको छ ।

हिजो दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावरणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो । धोपिघाटमा पत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए ।

जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए । लगत्तै आएको जालन्धर—अमृतसर डिएमयु रेलले हान्दा अधिकांशको मृत्यु भएको थियो ।

बाच्न उफ्रिएर छेउको अर्को पट्रिमा पुगेकाहरुलाई कोलकत्ताबाट आएको अमृतसर—हावडा एक्सप्रेसले फेरी थिचेको थियो । उक्त घटनामा मृत्यु हुनेको संख्या ७० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै एक सय ४२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ९ : ३९ बजे