१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका थापिदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
टीकाको तेश्रो दिन अर्थात आज असोज शुक्ल द्धादशी तिथि । दशैँको दिन टिका थाप्न छुटेका मानिसहरुले मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै छन् । दशमीको दिन परिवारबाट टिका र जमरा ग्रहण गरेकाहरु काजाग्रत पूर्णिमा सम्म कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । शनिबारको एकादशी महात्मयको व्रत बसेकोहरुलाई आज सबेरै खाना अथवा फलाहार गर्न जरुरी हुन्छ ।
माता दुर्गाको महाप्रसादरूपी रातो अक्षता र हरीया पहेँला जमरा ग्रहणबाट सक्दो कोही नछुटुन, कसैको निधार खाली नहोस, आफ्ना अग्रजका आशिषका भावहरूले सबका मनमा एउटा उर्जा बनाइरहोस् भनेर दशैँ पछि पनि टिका थाप्ने चलन रहेको नेपाल पंचाग निर्णयक समितिले जनाएको छ । यो बर्षको दशैँको कोजाग्रत पूर्णिमा कार्तिक ७ गते परेको छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  २ : ३४ बजे