१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजारमा चहलहपल शुरु, आज देखि सरकारी कार्यालय खुल्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
दसैँ मनाउन गएकाहरु फर्कन थाले सँगै कपिलवस्तु सदरमुकाम तौलिहवा सहितका बजारहरुमा चहलपहल बढ्न थालेको छ । आजदेखि सरकारी कार्यालय खुल्ने भएकाले सरदमुकाम तौलिहवामा पनि चहलपहल बढ्न थालेको हो ।
व्यापार, व्यवसायका लागि जिल्लाका विभिन्न बजारमा बस्दै आएका सर्वसाधारणहरु पनि दशैको टीका थापेर आउनेक्रम बढ्दो छ । नवमी देखि जिल्लाका विभिन्न बजार सुनसान जस्तै भएपनि आज देखि भने केहि चहलपहल देखिन थालेको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा पनि सवारी साधनहरु बाक्लै चल्न थालेका छन् । विशेष गरि बसाईसराई गरि तराई झरेकाहरु दशैको लागि टीका थाप्न पुख्यौली घर जाने क्रम बढेको पाइन्छ ।
कोजाग्रत पूर्णीमा सम्म टीका लगाउने चल्नभएको र पहाडीय जिल्लामा सराए जात्रा लाग्ने भएको कारण पनि पूर्णीमा सम्म जिल्लाका पसलहरुमा त्यति चहलपहल भने देखिदैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  २ : ३६ बजे