७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सामाजिक सद्भाव कायम राख्न महासंघ कपिलवस्तुको आग्रह



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा कार्तिक ३ गते दुर्गा पुजाको मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय समुदायबीच भएको आपसी विवादका कारण उत्पन्न असहज परिस्थिती प्रति नेपाल पत्रकार महासंघ कपिलवस्तुले दुख प्रकट गरेको छ ।
भारतीय सिमा क्षेत्रको बजार कृष्णनगर बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिम्मेवारीपूर्वक आफनो भूमिका निर्वाह गरेको प्रति स्मरण गर्दै हुन सक्ने सम्भावित घटना प्रति थप सजग भई संयमित हुन स्थानीय प्रशासन, मिडिया, जनप्रतिनिधी तथा सराकोरवाला सवैलाई आग्रह गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल र सचिव हरि अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
हामी कपिलवस्तुबासी बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक पहिचान बोकेका विभिन्न जातजातीका धार्मिक साँस्कृतिक पर्वलाई सम्मान गर्नु हामी सवैको दायित्व हो, महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, विभिन्न समुदायका धार्मिक तथा साँस्कृतिक पर्वले भातृत्व, सद्भाव र मेलमिलाप बढाउछ ।
सवै जातजातीको साँस्कृतिक पर्वहरुलाई एक आपसमा सम्मान गर्दै जगेर्ना गर्नु र आपसी सद्भाव र भाइचारा साटासाटा गर्ने विगतका परम्परा र अभ्यासलाई कपिलवस्तुवासीले निरन्तरता दिने कुरामा आश्वस्त समेत पार्दछौ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  २ : ३३ बजे