२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बावुद्धारा छोरीलाई अप्राकृतिक मुख मैथुन



शिवलाल सुवेदी, गुल्मी ।
आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने एक व्यक्ति पक्राउ परेका छन ।
गुल्मीको इश्मा गाउँपालिका वडा नं ५ का ३७ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताउनुभयो ।

परिवारको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको हो एसपी वस्नेतले बताउनुभएको छ । उनलाई आज जिल्ला अदालत गुल्मीवाट म्याद थप गरि अनुसन्धान शुरु भएको उहाले जानकारी दिनुभएको छ ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० वर्षीया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्रै इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  १२ : २५ बजे