२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

शर्माले गरेनन् आमाको काजकिरिया, बरु गरे अक्षयकोषको स्थापना !



मायादेवी अनलाइन, वाणगंगा ।

स्वर्गिय माताको सम्झनामा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका नेता ऋखीराम शर्माले १ लाख २७ हजार रुपैयाँ बराबरको अक्षय कोषको घोषणा गर्नुभएको छ । गत असोज २४ गते दिवंगत हुनुभएकी माता गोमा पोख्रेलको स्मृतिमा सम्पन्न १२ औँ दिनको पुण्य तिथीमा आयोजित शोकसभामा उहाँले अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।

नेपाली संस्कार अनुसार आफ्ना मातापिताको दुखमा किरया गर्ने परम्परालाई तोड्दै किरिया नबस्नु भएका शर्माले स्व. आमा र बाबुको किर्तित्वलाई जीवित राख्नको लागि बाणगंगा मावि लौगाई र सूर्योदय प्रावीको लागि ५१ । ५१ हजार रुपैयाँको अक्षय कोषको घोषणा गर्नु भएको हो । समाजका कोही पनि व्यक्ति आर्थिक अभावमा शिक्षाको अधिकारबाट वञ्चित नहोऊन् भनेर आफूले सो सहयोग गरेको बताउनुभयो ।

शर्माले ज्येष्ठ नागरिक समाज कपिलवस्तुको लागि पनि २५ हजार रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्नु भएको छ । ‘अझै पनि हाम्रो समाजमा ज्येष्ठ नागरिक समाजबाट उपेक्षित र हेलित भएका छन् उनले भन्नुभयो– “परिवारबाट टाढिएका बुद्धबृद्धालाई राहत प्रदान गर्नको लागि ज्येष्ठ अक्षयकोष घोषणा गरेछु ।”

अक्षय कोष घोषणा गर्दै नेता शर्माले जन्म दिने आमाबुबालाई बाँचुञ्जेलसम्म राम्रो हेरचाह र माया ममता दिनुपर्ने बताउनुभयो । बाँचुञ्जेल आमाबुबाको पीर मर्का र दुख नबुझ्ने अनि मरेर गइसके पछि परम्परागत कुसंस्कारमा जेलिएर बिभिन्न कार्य गर्दा त्यसले समाजलाई कुनै असर नगर्ने भन्दै दिवंगत पोख्रेलका सुपुत्र शर्माले आफूले बुबाआमाको किरिया नगरेको प्रष्ट पार्नुभयो ।

समाजमा आफूले सो जोखिम उठाउँदा प्रशस्त चुनौती झेल्नु परेको र धेरै प्रश्नको जवाफ दिनु परेको भन्दै परिवर्तन आफैबाट गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आफूले खडा गरेको कोष सही स्थानमा सदुपयोग हुनेमा विश्वास गर्नुभयो ।

शोक सभामा बोल्दै बाणगंगा उच्च माविका प्राचार्य कुलराज पौडेल, सूर्योदय प्राविका प्रधानाध्यापक धर्मराज भण्डारी र राष्ट्रिय ज्येष्ठ नागरिक समाज कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त आचार्यले सो रकम सही स्थानमा सदुपयोग हुने बताउनुभयो ।

आफ्नो आमाबुबाको स्मृतिमा रिखीराम शर्माले स्थापना गर्नु भएको अक्ष्य कोषले वास्तविक विपन्न विद्यार्थी तथा पीडामा परेका ज्येष्ठ नागरिकको उत्थानको लागि प्रयोग गर्ने ढुक्क रहन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  ३ : १० बजे