२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

अर्घाखाँचीमा सराय जात्राको रौनकता जारी, यो क्रम कोजाग्रत पूर्णिमा सम्म चल्ने



गणेश बेल्वासे, अर्घाखाँची ।
अर्घाखाँचीको ठाडामा विजयादशमीको द्वादशीको अवसर पारेर आइतबार बृहत सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न एवं धार्मिक सद्भाव कायम गर्न आइतबार दिउँसो सराय जात्रा निकालिएको हो ।
संस्कृतिको जर्गेना गर्न सदाका वर्षहरूमा जस्तै दशैँको द्वादशीको दिन सराय जात्रालाई यस वर्ष पनि भव्य रुपले मनाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
विगतका वर्षदेखि मनाउँदै आएको यो पर्वलाई निरन्तरता दिँदै पञ्चेबाजा सहित ठाडा स्थित दूर्गाभवानीको मन्दिरबाट वृहत सराय जात्राको सौहार्दय पुर्वक सम्पन्न भएको हो । दूर्गा मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिइको सराय जात्रा हजारौको संख्यामा हाथमा घरेलु हतियार लिएर सरायँ खेल्दै डमरु दहमा गई विसर्जन गरिएको थियो ।
अर्घाखाँचीको ठाडा स्थित दुर्गा मन्दिरमा धेरै पहिलेदेखि नै बडादसैंमा पूजाआजा हुँदै आएको र द्वादशीमा यो पर्वलाई भव्य रुपमा मनाइएको स्थानीयहरुले बताएका छन ।
यता अर्घाखाँचीका विभिन्न दुर्गा मन्दिरमा कोजाग्रत पूर्णीमा सम्म सराज नाच नाचिने गरिन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  ७ : १३ बजे