२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

विश्वका घुम्नलायक १० सहरको सूचीमा काठमाडौं पनि



काठमाडौं ।

काठमाडौं विश्वका घुम्नलायक पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ। लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौंलाई पनि समेटेको हो।

लोन्ली प्लानेटले सार्वजनिक गरेको विश्वका १० उत्कृष्ट घुम्नलायक सहरको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ। उक्त सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा फ्लोरिडाको मियान्मी, पाँचौंमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सिनेगलको डाकर, आठौंमा वासिङ्टनको सियटल, नवौंमा क्रेयसियाको जादर र दसौंमा मोरोक्कोको मेक्नेस छन्।

लोन्ली प्लानेटले तीन वर्षअघि गएको विनासकारी भूकम्पका बावजुद पनि काठमाडौंले पर्यटकलाई स्वागत गरिरहेको उल्लेख गरेको छ। उसले काठमाडौंलाई ‘शान्त सहर’ भनेको छ।  ‘काठमाडौं मध्यकालीन संरचना, स्वादिष्ट खाद्य परिकार, रात्रि जीवन र असल आतिथ्यका साथै हिमालय प्रवेशको ढोका पनि हो,’ लोन्ली प्लानेटका सम्पादकीय निर्देशक टम हल भन्छन्। उनले भनेका छन्, ‘सहरको केन्द्रमा सवारी निषेध र सहरभरी हर्न निषेधका कारण पहिलेको तुलनामा काठमाडौं थप शान्त बनेको छ।’ ‘नेपाल र काठमाडौंसँग लोन्ली प्लानेटको न्यानो ऐतिहासिक निकटता छ,’ लोन्ली प्लानेटले भनेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ७ : ५२ बजे