२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन मन्त्री बरालले गर्ने, उद्घाटन खेलमा यी टिम भिड्दै



चन्द्रकान्त न्यौपाने, वाणगंगा
कपिलवस्तुको बाणगंगा ८ बोडगाउँमा आजबाट सुरु हुने प्रदेश स्तरिय नकआउट क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको छ । खेल मैदानको स्तरउन्नती संगै खेलका लागि चाहिने सम्पूर्ण सामग्रीहरु खरिद गरि सकिएको आयोजकले जनाएको छ । खेलका लागि टाढा टाढाबाट आउने खेलाडीहरु पनि आइ सकेका छन ।
मायादेवी रंगशालामा आज विहान ११ बजेपछि सुरु हुने खेलको सञ्चालन राष्ट्रिय रेफ्रीले गर्ने छन । कार्यक्रम उद्घाटन प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने कार्यक्रम तय भएको खेलकुद संयोजक माधव पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार सहित शिल्ड तथा प्रमाणपत्र, द्धितिय हुनेले नगद ५१ ह्जार शिल्ड प्रमाणपत्र, तृतीय हुनेले नगद १५ हजार सहित शिल्ड प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य यस रेडियो मायादेवीको सञ्चालक संस्था नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष तथा सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक कृष्ण कुँवरले गर्नुभएको छ । प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पुर्याउनको लागि प्रतियोगिता आयोजना गरिएको हो ।
वाणगंगा नगरपालिकामा यस क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार राशी राखिएको प्रतियोगिता सम्पन्न गर्न सहयोगको लागि सबैमा आग्रह गरिएको छ । क्रिकेट प्रतियोगीतामा अहिले सम्म २८ टिम दर्ता भएका छन् । प्रदेश नम्बर ५ का बिभिन्न जिल्लाबाट २८ क्लवले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
आजको उद्घाटन खेलमा जितगढी क्रिकेट क्लव वुटवल र कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा बिच खेल हुने खेलका मिडिया संयोजक हरि घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  १२ : १९ बजे