२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलको ज्ञानधारा राजनीति र ठेकेदारको स्वार्थमा उपयोग नहोस


१० कार्तिक २०७५ शनिबार ००:००  

0
Shares

सञ्जय पन्थी ।

कपिलमुनि कै नामबाट कपिलवस्तु जिल्लाको नामाकरण गरिएको हो । आखिर कपिल को हुन त ? कपिल सांख्य दर्शनका प्रवर्तक हुन् । पूर्विय सभ्यताबादी समाजमा जसलाई विष्णुका अवतार मानिन्छ । उनकी आमाको नाम देवहुती र पिताको नाम कर्दम थियो ।
किंबदन्ती अनुसार आमा देवहुतीको चाहना विष्णु जस्तैं पुत्र प्राप्ती होस भन्ने थियो । अन्ततः भगवान विष्णु स्वयंम उनैका गर्भबाट जन्मिए भन्ने विश्वास गरिन्छ । कर्दम जब सन्यास लिएर बनबास त्यस बखत देबहुतीले भनिन् ‘स्वामी मेरो अवस्था के हुने ।’त्यतिबेला ऋषिले तिमिलाई तिम्रा पुत्र साहरा हुनेछ भनेर,संझाएछन् । त्यही आर्शिबाद प्राप्त गर्दैं, उनले छोरा कपिलको जन्म दिईन् । पुत्र कपिलले पनि ऋषि बाणी अनुसार आमालाई ज्ञान दिएछन् ।
त्यही ज्ञान नै अन्नतः पूर्विय सभ्यतामा सांख्य दर्शनका रुपमा प्रसिद्ध भयो । कपिल सांख्य दर्शनका प्रर्वतक थिए । यिनको जन्म स्थानका बारेमा अहिलेसम्म किटानका साथ भन्न सकिएको सकेको छैन् । स्थानका बारेमा विद्धानका मतमा पनि ऐक्यबद्धता हुन सकेको छैन् । पुराण तथा महाभारतमा समेत यिनको महिमा उल्लेख छ । जन्मिदै सिद्धी प्राप्त कपिल कहिले जन्मिए भन्ने पनि एकिन मिती छैन् । तर यिनको जन्मका बारेमा अनेक अनुमान हुदै आएको छ । निश्चित तिथी र स्थान पनि एकिन छैन् । त्यही अवस्थाको फाईदा उठाउदै बर्तमानमा बाणगंगा नदीको तटलाई कपिल जन्म स्थान भनेर अप्रमाणिक तथ्यका आधारमा प्रचार गरिदै आएको छ । आफैमा स्थानको बिकास गरेर पर्यटन प्रर्वदन गर्न उपयुक्त होला । तर उक्त सभ्यतालाई बिर्सिएर ब्यापारीक स्वार्थका लागि ईतिहासलाई उपयोग गर्नु आफैमा कति न्योचित हो ? एक दुई कोठे बिद्धवतलाई आफु अनुकुल ब्याख्या गर्न लगाउदै ईतिहास प्रमाणित होला ? संरक्षकहरुले ईतिहासका सभ्यतालाई प्रमाणिक गर्न ध्यान दिने कि ?
कपिलको प्रसिद्धीका बारेमा चर्चा गर्दा ईतिहासमा कसैले यिनलाई आदीसिद्ध पनि भन्ने गरेको पाईन्छ । यिनलाई महाभारतमा सांख्य वक्ता (प्रवर्तक) भनेको भेटिन्छ । पूर्विय दर्शनका अनुसार यिनलाई अग्निका अवतार मानिन्छ । साथै ब्र≈्रमाका मानस पुत्र भनिएको छ । श्रीमद् भागवतका अनुसार विष्णुको पाचांै अवतार मानिन्छ ।
कर्दम र देवहुति नै ज्ञानका साधक थिए । तर पछि यिनले माता देवहुतीलाई सांख्य ज्ञानका बारेमा उपदेश दिएर प्रथम साधिका बनाएको किंबदन्ती छ । जसको विसद बर्णन श्रीमद्भागवत को तेस्रो स्कन्धमा वर्णन गरिएको पाईन्छ ।
ईशा पूर्व २ सय ५० मा कपिलवस्तु जहां सिद्धार्थ गौतम बुद्ध जन्मिए । त्यो भन्दा अघि नै ईशा पूर्वको करिब ७०० बर्ष अघि तत्कालिन कपिलवस्तु राज्यमा उनको जन्म भएको अनुमान छ । त्यसैले कपिलवस्तु प्राचीन बस्ती रहेको स्थल हो, भन्ने यसले पनि पुष्टी गर्छ । कपिलवस्तु सभ्यताको धरोहर भन्ने । त्यसैले बुद्धले त्यस बस्तीको नाम उनै कपिलका नामले राखिदिएका हुन् भन्ने अप्रमाणिक ईतिहास छ ।
उनको जन्म स्थल नजीकै नदी वग्ने गथ्र्याे । नदीको उद्गम स्थल नजिक नदी किनारको एकान्त बस्तीमा कतै कपिल जन्मिएका थिए भन्ने अनुमान गरिन्छ । तर अहिलेसम्म किटानीका साथ उक्त स्थान एकिन हुन सकेको छैन् । ईतिहास र पूराणको अध्ययन गर्दा जानकारी हुन्छ, जन्मस्थान संभवत कपिलवस्तु र तपस्या क्षेत्र गंगासागर भएको बर्णन पाईन्छ । ज्ञानधाराका प्रर्वतक कपिलको महिमा बर्तमान भौतिक बिज्ञानका आबिस्कारहरुको भन्दा कैयौं उच्च पाईन्छ । त्यसैले बर्तमान कपिलधामका संरक्षकले आफ्नो स्थानको भुमीको मुल्य उच्च मात्र बनाउने स्वार्थबाट माथिबाट ज्ञानधारा संचार गर्न त्यस किसिमको बाताबरणमा ध्यान दिनु उचित हुनेछ । जनप्रतिनिधीले पनि निर्वाचन केन्द्रित भौतिक संरचनाको विकास भन्दा पनि कपिलको ज्ञानधारामा दृष्टि पु¥याउन सके कलान्तरमा समेत त्यसको उच्च मुल्यांकन हुनेछ ।
बर्तमान विश्वमा जसरी भगवान बुद्ध शान्तिका अग्रदुत मान्निछन् । शान्तिलाई स्पर्श गर्नेहरु जसरी बुद्धको पद्चापको समीपमा आइपुग्छन् । त्यसरी नै बुद्ध पनि कपिलको सांख्य दर्शनलाई पक्ष्याउदै केही बर्ष साधाना गरेको पाईन्छ । उनकै ज्ञानधारालाई अवलम्बन गर्दैं बुद्ध दर्शन प्रतिपादन गरेको पाईन्छ । ईसापूर्व ७ सय बर्ष कपिलकाल मान्निछ । जन्म र कालको हिसाबले कपिल र बुद्धको करिब समय ५ सय बर्षको अन्तर पाईन्छ । ईसापूर्व २ सय ५० बुद्धको जन्म समय भएको पाईन्छ ।
कपिललाई अग्नीका अवतार र ब्रह्रमाको मानस पुत्रका रुपमा बर्णित गरेको पाईन्छ । भगवान बुद्धको जन्मस्थल कै समीप रहेको विश्वास गर्न सक्ने आधार छन् । त्यसैले बर्तमान नेपालको राप्ती देखि नारायणी बीचको कपिलको जन्म र साधना स्थलमा भएको अनुमान गर्नु अनुपयुक्त नहोला ।
कपिल कालसम्म कर्मयोग श्रेष्ठ रहेपनि कपिलले उक्त योगलाई यथावरण गर्दैं ज्ञानयोगलाई अघि बढाए । त्याग, तपस्या र समाधीलाई भारतीय दर्शनमा स्थापित गर्ने श्रेय कपिललाई नै जान्छ । साथै उनलाई बिकासबादका प्रर्वतक पनि कपिललाई मानिन्छ । सृष्टीको संरचनाले ईश्वरले नभएर स्वभाविक रुपमा प्रकृति प्रदत्त हो भन्ने उनको तर्क पाईन्छ । त्यसैले उनलाई नास्तिकबाद (अनिश्वरबाद)को आरोप लाग्ने गरेको छ । उनको दर्शन अध्ययन गर्न उनका रचनालाई अध्ययन गर्नुपर्छ । उनका केही रचनाहरु सा“ख्य सुत्र, तत्व समास, कपिल गीता र कपिल स्मृती लगायतका छन् । बर्तमान कपिलबस्तुका शास्त्रबादीहरुले यी रचना अध्ययन गर्न सके टपरटुईया बिबेकमा स्तर बृद्धि हुने थियो ।
पूर्वियदर्शनमा बिशेष महत्व राख्ने तत्वसमास सुत्रको टीकाकार कपिल रहेको विश्वास गरिन्छ ।

पश्चिमा विद्धान माक्समुलरले समेत उक्त कृतिलाई प्राचीन मानेका छन् । ‘अष्टौ प्रकृतयः, षोडश विकाराः, आत्मा, पंचायवाः,त्रैगुण्यम,मन, संचरःप्रतिसंचरश्च ।’आठ प्रकृति, सोह्र विकार आत्मा, पा“च अवयव, तीन गुण, मन, सृष्टि र प्रलय उल्लेखित रचना सा“ख्य दर्शनमा पाईन्छ । कपिलको तत्वसमास सुत्रमा उल्लेखित बिषयको बिस्तृत पाईन्छ । सा“ख्य दर्शनका रचनाकार कपिल हुन् । भगवान बुद्धले पनि गृह त्याग गरेपछि बुद्धत्व प्राप्त गर्नु अघिका केही बर्ष आलार–कलामस“ग सा“ख्य दर्शनको शिक्षा लिएका थिए । बुद्धले अष्ट मार्गको प्रतिपादन सा“ख्य दर्शनको ज्ञानको स्रोतका आधारमा गरेका पाईन्छ । बुद्धको शान्तिको पथ आजको विश्वका लागि अनुकरणीय छ ।
त्यसो त द्धन्द्ध समाधान सिद्धान्त पनि उत्तिकै अनुकरणीय छ, जसलाई महात्मा गान्धीले समेत अनुकरण गरेका थिए । त्यसैले उनको ज्ञानधारा अध्येताका लागि बुद्ध र गान्धी हुदै वर्तमानसम्म संचार हुन्छ । भारतमा, सा“ख्य दर्शन ज्ञानधाराको सर्वाेकृत्ष्ट दर्शन हो, भनिन्छ ।
वर्तमान नेपाली समाज नास्तिकबाद तर्फ उन्मुख छ । तर र्दुभाग्य युरोपको नास्तिकबादलाई नेपालमा संचार गर्नेहरुलाई यहा“का ज्ञानका महमिाका बारेमा ज्ञान नै छैन् । ज्ञानका स्रोत तथा प्रर्वतक मध्येका एक हुन कपिल ।
कपिलवस्तु कै अब्बल नागरिक भएको देखाउन चाहनेहरुले कपिलको महिमालाई बजारस“ग जोड्दै बर्तमान कपिलवस्तु प्राचीन भएको दाबी सहित प्रचार प्रसारमा ब्यस्त छन् । तर सभ्यता, संस्कार र ज्ञान भने कालिदासको बहुलठ्ठकीपन जस्तै लाग्छ । राज्यको ढुकुटीमा पहुच बनाउन उनीहरुको कपिलप्रेम सफल होला नहोला ? तर लुकेको ब्यापारीक स्वार्थ भने पक्कै सफल हुनेछ । किनकी आजको मिडिया होस वा समाजले तथ्य र बास्तविकलाई वास्ता नै नगरी आर्जनमा मस्त छन् । त्यसको स्वार्थ आस्तिकताको नाममा नास्तिकहरुले लिई नै रहनेछन् । जेहोस निहीत स्वार्थका लागि उनीहरुले यतिबेला कपिलको नाममा भजन गर्नु लौककिक दुनियाका लागि दाता बन्ने अवसर हुनसक्छ, तर आलौकिक संसारका लागि छद्मता मात्र हुनेछ । आफ्नो भुमिका बिद्धान भएको दुहाई दिन कपिलधाम वा आश्रम बनाएर पनि प्रचार–प्रसार गर्न सक्छन् । त्यसलाई सकारात्मक पहल भन्न सक्नु पर्छ ।

केही साधकले आफ्ना जीवनकालमा गरेको पाप प्रायश्चित गर्न साधना गरेर कपिलका आधुनिक कालका अनुयायी बन्न उत्प्रेरित रहेको पनि देखिएको छ । साधकले यो कपिलको ज्ञानधारा बुझेर त्यो साधना गर्न सके अवश्य फल आलौकिक फल प्राप्त होला । तर एउटी कन्यालाई दुई पटक कन्यादान गरेको पाप प्रायश्चित गर्न कपिलको नाममा साधना गरिएको हो, भने अर्नथ मात्र हुनेछ । साधकले ज्ञान बिना नै गरेको त्यस्तो साधना अरुका लागि महान भएपनि ईतिहास र दर्शनका अध्येता सामु पाखण्डपन मात्र हो ।
स्थानको विकास गर्न आश्रम वा कुटी बनाएर जप,तप, यज्ञ, हवन गर्नु उचित नै होला तर पापको प्रायश्चित गर्न यज्ञ र हवन गरेर उक्त स्थानलाई आश्रमको मान्यता दिन खोज्नु ब्यापरीक स्वार्थ मात्र हो । आश्रमका केही मुल्य,मान्यता र ज्ञानका स्रोत छन् । त्यसलाई पछ्याउन सक्नुपर्छ । अन्यथा त्यहा“को ज्ञान र महिमा अनेत्र संचार हुन सक्दैन् । यतिवेला वाणगंगाको तटमा केही राजनैतिक कुशाग्राहीले कपिलको आश्रम बनाएर आफुलाई वर्तमान समाजको नेता कहलाउन उद्यम गरिरहेका छन् । उनीहरुको चरित्र र विगत समाज सेवाका हिसावले कलुषित छ । तर पनि दर्शनका पाठक भएर कहिले बुद्धको चरणमा त कहिले कपिलको शरणमा भौतारिन खोज्नुलाई सत्मार्गको खोजी भन्न सकिन्छ ।
लक्ष्यहीन बिचारले दिगो चिन्तनको बिकास हुन सक्दैन् । समाजको नायक बन्न विभिन्न बादको अनुयायी बन्नु भन्दा कपिलको आश्रम बनाएर ज्ञान धारामा साधना गर्नु उचित नै हुनेछ । त्यसका लागि कपिलवस्तुका अनुयायीले कपिलको महिमालाई पछ्याईरह्दा उनको ज्ञान धारालाई प्रर्वद्धन हुने गरी साधना गर्न सके पक्कै त्यसको महिमाको आदर र सम्मान गर्न बिद्धवतजन र अध्येतालाई कर लाग्ने छ । अन्यथा साधक वा अनुयायीका विगतका चरित्र र स्वार्थ उजागर भए घृणा मात्र उत्पन्न गराउने छ । आशा गरौं २१ शताब्दीमा कपिलको प्रतिको सच्चा सर्मपण साधुबाद बन्न सकोस । उनले जस्तै ज्ञान योग र भक्ति योगका माध्यमबाट आधुनिक विश्वमा तत्कालिन बुद्ध जस्तै शान्तिका अनुयायी आधुनिक बुद्ध जन्माउन कपिलवस्तुका कपिलप्रेमीको प्रयास सार्थक रहोस ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : १२ बजे