४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश स्तरीय क्रिकेटमा आज दुई खेल, दिउँसो आयोजक बी र मिडियाकर्मी भिड्दै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु स्थित बाणगंगाको मायादेवी रंगशालामा जारी प्रदेश स्तरीय क्रिकेटमा बुधबार प्रतिस्पर्धाको रुपमा दुई खेल र एक मैत्रीपूर्ण खेल हुँदै छ ।

पहिलो खेल विहान नौ बजे देखि शुरु हुने छ । उक्त खेलमा बुटवल स्पोर्ट क्लव र अल स्टार क्रिकेट क्लव भीँड्ने तयारीमा छन । यस्तै दोस्रो खेलमा लुम्बिनी क्रिकेट क्लव र धगदई क्रिकेट क्लव बीच प्रतिस्पर्धा हुने छ ।

यस्तै बुधबार नै आयोजक टिम बी र कपिलवस्तुका मिडियाकर्मी बीच मैत्रीपूर्ण खेल हुने छ । दिउँसो चार बजेपछि खेल हुने बताइएको छ । यो खेल १२ ओभरको हुने छ । दुवै टिमलाई मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । खेलमा अहिलेसम्म १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । बुधबार दुई खेल सकिएपछि पहिलो चरण सकिने छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  २ : ५४ बजे