१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

प्रदेश स्तरिय क्रिकेटमा पहिलो चरणका खेल सकिए, मैत्रीपूर्ण खेलमा मिडियाकर्मी विजयी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बोडगाउँस्थित मायादेवी रंगशालामा प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेटमा पहिलो चरणका खेल सकिएका छन् । बुधबार सम्पन्न भएका २ खेल संगै पहिलो चरणका खेल सकिएका हुन् । आज भएको पहिलो खेलमा राईजिङ स्पोर्ट क्लव गोरुसिंगे विजयी भयो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वुटवल स्पोर्ट युथ क्लवले राईजिङ स्पोर्टलाई ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा राईजिङ स्पोर्टले ११ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

पहिलो खेलबाट सन्जु बोहारा म्यान अफ द म्याच भएका छन् उनले ६ रन तथा ४ विकेट लिएका थिए । त्यस्तै लुम्बिनी सांस्कृतिक युथ क्लव र खाँन ईलाबेन बिच भएको दोस्रो खेलमा खाँन ईलाबेन विजयी भएको छ । टस जितेर बलिङ रोजेको लुम्बिनी सांस्कृतिकलाई खाँन ईलाबेनले१ सय ८५ रनको लक्ष्य दिएको थियो । सो रन बनाउने क्रममा उसले ४ विकेट गुमाएको थियो ।

लक्ष्य पछ्याउँने क्रममा लुम्बिनी अलआउट हुँदै १०० रनमै सिमित भयो । खाँन ईलाबेनका खेलाडि रुपेश कुर्मिले सर्वाधिक ६५ रन ल्याएका थिए भने निश्चल चौधरिले ५४ रन ल्याएका थिए । दोस्रो खेलमा रुपेश कुर्मि म्यान अफ द म्याच बन्न सफल भए ।

त्यस्तै आज भएको मैत्रिपुर्ण खेलमा मिडियाकर्मि कपिलवस्तुको टोलीले आयोजक सनराइज बी लाई ९ विकेटले हराएको छ ।

टस जितेर मिडियाकर्मीको टोलीले पहिले बलिङ रोजेपछि आयोजकले पहिले ब्याटिङ गर्दै निर्धारित ८ ओभरको खेलमा ८ विकेटको क्षतिमा ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको मिडियाले १ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो ।

मिडिया टिमका लागि २ विकेट हात पार्नुभएका मायादेवी अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले सर्वाधिक २६ रन ल्याउँन सफल हुनुभयो सो खेलमा विजेता मिडियाकर्मीका कृष्ण हरिजन म्यान अफ द म्याच बन्न सफल हुनुभयो । उहाँले १६ रन तथा ह्याट्रिक गर्नुभएको थियो । त्यस्तै अशोक पौडेलले नट आउट १२ रन बनाउन सफल हुनु भयो ।

यस्तै भोलि पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल कपिलवस्तु क्रिकेट एकेडेमि र राजपुर युवा क्लव बीच हुनेछ भने दोस्रो खेल बुद्धभुमि युथ क्लव बैजलपुर र शान्ति युथ क्लव लुम्बिनी बिच हुनेछ ।

त्यस्तै तेस्रो खेलमा परिवर्तनशिल युवा क्लव मधुवन र जय बुद्ध क्रिकेट क्लव तौलिहवा बिच हुने खेल संयोजक माधव पौडेलले जानकारी दिनुभयो । दोश्रो चरणमा आइपुग्दा खेल रोमाञ्चक बन्दै गएको छ । खेल मैद्यानमा खेलप्रेमीको बाक्लो उपस्थितिले खेल रोमाञ्चक बनेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  १ : ३९ बजे