३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

भलिबल प्रतियोगिताको उपाधिका लागि ब्रेभ गोर्खा र गुल्मी भिड्दै



विष्णु खत्री, सैनामैना ।
सैनामैना महोत्सवमा चलिरहेको भलिबल प्रतियोगिताको उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा बुटवल र गुल्मी भलिवल संघ भिड्ने भएका छन् ।
बुधबार भएको सेमिफाईनलको पहिलो खेल जिल्ला भलिबल संघ गुल्मी र मुर्गिया युथ क्लव रातोका बिचमा भएको खेलमा जिल्ला भलिबल संघ गुल्मीले ३–० सेटले मुर्गिया युथ क्लव रातोलाई हराई विजयी हुन सफल भएको छ ।
त्यसै गरी दोस्रो खेलमा मणिमुकुन्द तिलोत्तमा र रिभर साईड कन्चनका बिच भएको प्रतिस्पर्धामा रिभर साईड कन्चनलाई ३–० को सोझो सेटमा हराउँदै मणिमुकुन्द तिलोत्तमा विजयी भएको छ ।
यसैगरी तेस्रो खेलमा बेभ्र गोर्खा बुटबल र काली गण्डकी स्याङ्जाका बिच भएको खेलमा काली गण्डकी स्याङ्जाको अनुपस्थितिका कारण बेभ्र गोर्खा बुटबल स्वतह विजयी भई फाइनलको यात्रा तय गरेको खेलकुद संंयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
फाइनल खेलको तेस्रो स्थानका लागि लायन्स क्लव अफ सैनामैना र मणिमुकुन्द तिलोत्तमा भिड्नेछन् भने पहिलो र दोस्रो स्थानका लागि जिल्ला भलिवल संघ गुल्मी र बे्रभ गोर्खा बुटवलका बिच प्रतिस्पर्धा हुने छ ।
खेलमा प्रथम हुने टिमले रु ६० हजार, दोस्रो हुने टिमले रु ४० हजार, तेस्रो हुने टिमले रु २० हजार र सान्तवना हुने टिमले रु १० सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ सैनामैनामा तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला जारी छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३१ बजे