१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार



सुर्खेत ।
नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि शनिबार नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
उहाका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरूलाई शुक्रबार उद्धार गरेको हो । किशोरीहरूको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो । शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले शनिबार त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन ्।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १० : ११ बजे