२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

छठका अवसरमा एक नम्बर प्रदेशले समावेशी सांस्कृतिक महोत्सव आयोजना गर्दै



मोरङ ।
एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते सा‌ंस्कृतिक महोत्सव गर्ने भएको छ ।
प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार कात्तिक २८ गते छठ पर्वको अवसर पारेर जलपान तथा सांस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम गर्न लागिएको हो । शनिबार विराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै सांस्कृतिक महोत्सवलाई एउटा नयाँ उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए ।

एक नम्बर प्रदेश सबै जातजातिको साझा थलो भएकोले पहिलो पटक विराटनगरमा नेपालीहरुको विभिन्न चाडपर्वको सन्दर्भमा छठ पर्वको अवसरमा २८ गते कार्यक्रम गर्न लागिएको एक नम्बर प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । छठ पर्वलाई केन्द्रमा राखेर गर्न लागिएको सांस्कृतिक उत्सव तथा जलपान कार्यक्रममा ९ वटा स्थानीय तहले आफ्नो स्थानीय संस्कृति झल्कने झाँकीसहितको नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

प्रदेश सरकारले गर्न लागेको सांस्कृतिक महोत्सवमा सुनसरीको गढी गाउँपालिकाले झाँगड, हरिनगरा गाउँपालिकाले मुस्लिम संस्कृति झल्कने पहिचान प्रस्तुत गर्ने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १ : ५८ बजे