२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक गर्न पत्रकार महासंघको माग



काठमाडौं ।
नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
सरकारका प्रवक्ता तथा मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि ‘व्यवस्थित’ रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णय तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्ने महासंघको ठहर रहेको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्चार प्रविधिको तीव्र विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारका निर्णहरुको सूचना पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्छ भन्नु विगतमै अभ्यास हुनु छाडिसकेको सामन्ती परम्पराको निरन्तरता हुनेतर्फ सरकार सजग बन्नुपर्ने महासंघको आग्रह गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न सरकारसमक्ष नेपाल पत्रकार महासंघले माग पनि गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  ६ : ५४ बजे