२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पर्सामा शंकास्पद अवस्थामा किशोरको मृत्यु



पर्सा ।
पर्सामा शंकास्पद अवस्थामा १३ वर्षीय किशोरको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका(३ स्थित बड्निहार बजारनजिकै उनको मृत्यु भएको हो। मृतक किशोर सन्तबहादुर तामाङका १३ वर्षीय छोरा आर्यन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। दाल पकाउन बसाएको कुकर पड्केर मृत्यु भएको भन्ने प्रहरीलाई सूचना आए पनि घटनास्थलको प्रकृतिले त्यस्तो नदेखिएकोले थप अनुसन्धानका लागि अर्को प्रहरी टोली घटनास्थल पठाइएको उनको भनाइ छ। प्रहरी घटनास्थल पुगेपछि वास्तविकता बाहिर आउने उनले बताए। जंगलनजिकै ठूलो आवाज आएको तर कुकर हो या अरू नै कुरा हो भन्ने खुलिनसकेको भए पनि प्रहरीले स्थानीय सन्तोष घले भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनास्थल र घटनाबारे थप अनुसन्धान थालेको पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। स्थानीयले पनि आर्यन तामाङ नाम गरेको बालकको मृत्यु भएको र बाँकी कुरा भने आफूहरूलाई पनि थाहा नभएको बताएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ९ : १८ बजे