८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पाल्पामा सात वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ



पाल्पा ।
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बेतिया घर भएका २२ वर्षीय कौशर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। रामपुर नगरपालिका ४ मा मजदुरी गर्दै आएका मियाँले रामपुर नगरपालिका ७ की सात वर्षीया बालिकालाई बलात्कार गरेका हुन्। बिहीवार अपराह्न ४ बजेतिर उनले बालिकाको घरमा अभिभावक नभएको मौका पारी बलात्कार गरेको घिमिरेले बताए। उनका अनुसार यसअघि पनि उनले ती बालिकालाई पटक पटक बलात्कारको प्रयास गर्दै आएको खुलेको छ। मियाँलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रनाउ घिमिरेले बताउनुभयो । बालिकाको अवस्था भने सामान्य रहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  ७ : १२ बजे