८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पश्चिम नवलपरासीमा पेस्तोलसहित एक पक्राउ



परासी ।
पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार सोधपुछ भइरहेकाले थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ४३ बजे