१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इन्डोनेसियामा सुनामी – मृत्यु हुनेको संख्या ६२ पुग्यो, सयौँ घाइते



काठमाडौं ।
ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी इन्डोनेसियामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । शनिबार रातिको विस्फोटपछि इन्डोनेसियाको सुन्दा स्ट्रेटमा आएको सुनामीमा सयौँ घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सुन्दा स्ट्रेटले इन्डोनेसियाका दुई टापु जाभा र सुमात्रालाई जोड्छ। यी दुई टापु जोड्ने स्थानमा रहेको समुद्री साँधमा रहेको क्राकोतामा ज्वालामुखी विस्फोट भएको जनाइएको छ ।
प्रत्यक्षदर्शी तथा अधिकारीहरूलाई उद्धृत गर्दै अलजजिराले सुनामीले सयौँ घर, होटेल तथा आवासीय क्षेत्र बगाएको लेखेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले कम्तिमा २० जना हराइरहेको र ५८४ जना घाइते भएको जनाएको छ । दक्षिण पूर्वी एसियामा रहेको इन्डोनेसिया विश्वकै ठूलो समुद्री टापुहरूको देश हो ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ७ : ३२ बजे