२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

युभेन्टसले साम्प्डोरियालाई २–१ ले हरायो



एजेन्सी ।
क्रिष्टियानो रोनाल्डोले दुई गोलको सहायताले इटालियन सिरी एमा युभेन्टसले साम्प्डोरियालाई २–१ ले हराएको छ।

खेलको दोस्रो मिनेटमा नै पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए । ३३औं मिनेटमा साम्प्डोरियाले पेनाल्टी पायो जसलाई फाबिया काग्लियारेल्लाले गोलमा परिणत गर्दै पहिलो हाफअघि खेल १–१ गोलको बराबरीमा र्पुयाए ।

६५औं मिनेटमा युभेन्टसले पनि पेनाल्टी पायो । यो पेनाल्टीलाई रोनाल्डोले गोल गरेर आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा युभेन्टस विजयी भयो ।

इटालियन सिरी एमा युभेन्टसमात्र अपराजित टिम हो । १९ खेलमा उसले दुई बराबरी र १७ जित निकाल्दै ५३ अंक बनाएको छ । साम्प्डोरिया भने २९ अंक सहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १५ पुस २०७५ आइतबार ००:००  २ : ४० बजे