३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

झुटा विवरण पेस गरी अनुदान लानेलाई फिर्ता गर्न आग्रह



गुल्मी ।

२०७२  सालमा गएको महा भूकम्पमा  घरबारबिहीन भएकालाई सरकारले निजी आवास निर्माणका लागि तीन लाख रुपैया दिने भएपछि यदि कसैले झुटा बिबरण पेश गरी अनुदान लिएको भएमा अनुदान रकम फिर्ता गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीले आग्रह गरेको छ ।

कार्यालयका प्रमुख पारस पन्थीका अनुसार भुकम्पबाट क्षतीग्रस्त भएको घरबाहेक अन्य ठाउँमा बस्न योग्यहरू भएमा पीडितले एक वा सो भन्दा बढी स्थानबाट अनुदान लिएमा अनुदान रकम फिर्ता गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

यदि झुटा विवरणहरू पेश गरी अनुदान रकम लिने, फिर्ता गर्न आग्रह गर्दा पनि अनुदान रकम फिर्ता नगरे सो रकम सरकारी बाँकी सरह असुल उपर गरिने जानकारी दिनुभयो । झुटा विवरणहरू पेश गरी अनुदान लिएकाले अनुदान रकम फिर्ता नगरे कानुनअनुसार कारवाही गरेरै छाड्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ३६ बजे