११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

इन्डोनेसियामा शक्तिशाली भूकम्प !



एजेन्सी । 

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ ।

खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ ।

गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा बढीले ज्यान गुमाएका थिए । सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभावित भएको थियो। सुनामीका कारण सयौँ घरहर भत्किएको थियो ।

 

 

 

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  २ : ५७ बजे