१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पठनपाठन छोडेर हिलवर्टका विद्यार्थी एक हप्तासम्म खेल्दै र कुद्दै ?



सूर्य चुँदाली, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा १ पिपरामा रहेको हिलबर्ट इङ्गलिस बोडिङ्ग स्कुलमा खेल सप्ताह शुरु भएको छ । स्कुलले बार्षिक रुपमा आयोजन गर्ने कार्यक्रम अन्तर्गत आजबाट खेल सप्ताहको सुरुवात भएको हो । खेल सप्ताहमा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । कक्षा पिजी देखि एकसम्म चकलेट दौड, स्विटर, किताब सन्तुलन दौड र तातो आलु खेल सम्पन्न भएका छन् । कक्षा २ र तीनका विद्यार्थीहरुका वीच, कुर्ची, ह्विल चियर दौड, पचास मिटर दौड सम्पन्न भएका छन् ।

त्यसैगरी कक्षा ४, ५ र ६ का विद्यार्थीका लागिसय मिटर दौड, हाइ जम्प, लङजम्प सम्पन्न भएका छन् भने कक्षा ७, ८ र ९ मा सयमिटर दौड हाइ जम्प प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालको अध्यक्षता, वाणगंगा नगरपालिका वडा नं २ का वडा अध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष सन्तराम रौतार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पाण्डेले विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताह सुरु गरिएको बताउनुभयो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक युवराज रिमालको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडैल, प्राचार्य सुरेन्द्र पाण्डे,संचारकर्मी नारायण पाण्डे र राम पौडेलले बोल्नु भएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  ४ : ०७ बजे