११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मालढुंगा बस दुर्घटना अपडेट ः ज्यान गुमाउनेको संख्या ७ पुग्यो



पर्वत ।
मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा सात जनाको ज्यान गएको छ । चालकसहित ३४ जना घाइते भएका छन् । तीनजनाको घटनास्थलमा र अरु ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई सेनाको हेलिकोप्टरले उपचारका लागि काठमाण्डौ ल्याएको छ । अरु घाइतेको पोखरामा उपचार भइरहेको छ । दुर्घटना पछि बसका सहचालक फरार छन् ।

म्याग्दीको बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्गमा अहिले सडक स्तरोन्नती भइरहेकाले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म गाडी गुडाउन रोक लगाइएको छ ।

चालकले १० बजे भित्र नै सडक पार गर्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ७ : २९ बजे