१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फ्रान्स र थाइल्याण्डका राजदूतको नाम अनुमोदन



काठमाडौं ।
संसदीय सुनुवाई समितिले दुईजना प्रस्तावित राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।
फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाललाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो।गत पुस पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो।
उनीहरु विरुद्ध समितिमा उजुरी परेको थिएन । समितिमा सांसदहरुले उनीहरुको कार्ययोजना बारेमा जानकारी लिदै अनुमोदनको निर्णय गरेका हुन् । समितिले पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा सुनुवाईका लागि बोलाइएको थियो। अनुमोदन भएका दुवैजना परराष्ट्रका सहसचिव हुन्। त्यसमध्ये अधिकारी मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) हुन् भने ढकाल चीन–जापान हेर्ने उत्तर–पूर्वी एसिया महाशाखाका प्रमुख थिए।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  १० : १२ बजे