१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बाँकेमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु



सर्लाही ।
बाँकेमा रोकि राखेको रात्रीबसलाई पछाडीबाट ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
काठमाडौ‌ंबाट इलाम जाने क्रममा सापट बिग्रेर ईश्वरपुर नगरपालिका(१२ स्थित जंगलखण्डमा रोकिराखेको ना। ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना। ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा परि इलाम सुल्बुङ(७ का २७ वर्षीय गोविन्द साउदेन, इटहरी उपमहानगरपालिका(१६का ३० वर्षीया विनेता राई र वीरगंज उपमहानगरपालिका(१९का ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए।
साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्। उत्रेर बसको पछाडि बसेका यात्रुको तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा च्याप्पियर मृत्यु भएको हो।
दुर्घटनामा बसका यात्रु नुवाकोट विदुर नपा(१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा(६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा(१ का २२ वर्षीय दीपक अधिकारी घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ६ : १९ बजे