१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धारिलो हतियार प्रहार गरी युवकको हत्या



कैलाली ।
अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको ज्यान गएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको ज्यान गएको हो । उहाँका अनुसार भट्टको दायाँ र बायाँ छातीमा गहिरो चोट छ ।

घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै उनको ज्यान गएको हो । झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर उनीहरुको नाम भने गोप्य राखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ६ : ०६ बजे