२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

त्रिशूलीमा ट्रक खस्यो, चालक बेपत्ता



रत्ननगर ।
चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।
गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  १ : ३३ बजे