१५ मंसिर २०८०, शुक्रबार | Sat Dec 2 2023

आज देशभर मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना



काठमाडौँ ।

देशको पश्चिमी भूभागको मौसम सोमबार पनि सामान्यतया बदली रहेर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि आंशिक बदली नै रहने मौसमविदको भनाई छ ।

पश्चिमका केही स्थानमा पानी पर्ने र पश्चिमसहित मध्यका उच्च पहाडी भेगमा हिमपातको सम्भावना पनि रहेको छ । सोमबार राति पनि पश्चिमी र मध्य भेगमा सामान्यतया बदली रहने छ भने अन्य स्थानमा आशिंक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन्।

काठमाडौँ उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  २ : ४७ बजे