१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आगामी बर्षबाट प्राबिधिक शिक्षा : गाउँपालिका प्रमुख थापा


७ माघ २०७५ सोमबार ००:००  

0
Shares

अराज सिहं बेल्बासे, चन्द्रौटा ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा आगामी बर्षबाट प्राबिधिक शिक्षा सुरु गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताउनु भएको छ । दुधाधारी माविको अभिभावक भेलामा सम्बोधन गर्दै थापाले बिजयनगर गाउँपालिका शिक्षाको हिसावले पछाडी परेको बताउँदै अगामी शैक्षिकशत्र देखि प्राबिधिक शिक्षा संचालन गर्ने पहिलो लक्ष्य रहेको बताउनु भएको हो ।

सोमबार दुधाधारी माविले अभिभावक भेला गरी सर्वसम्मत शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । भेलाले पुर्ण प्रसाद तेलीको अध्यक्षतामा राम केतारे कलवार, हरिराम थारु, लालमन मौर्या, तुलसी न्यौपाने, सन्तमाया बोस, सीता थापा सदस्य रहेको समिति निर्वाचित गरेको छ ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता, विजयनगर गाउँपालिकाका अध्यक्ष थापाको प्रमुख अतिथ्यता, प्रधानाध्यापक हिरालाल चौधरीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक लक्ष्मण चौहानले गर्नु भएको थियोे ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  ४ : १० बजे