२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नगरकार्यपालिकाको बैठक बस्यो, यस्ता भए निर्णय



मायादेवी अनलाइन, कपिलवस्तु ।

वाणगंगा नगर नगरकार्यपालिकाको वैठकले आर्थिक वर्ष २०७५÷७६ मा संचालन हुने योजनाको छनोट गरेको छ ।

साथै नगरमा भएका विभिन्न कामहरुको समिक्ष पनि गरेको छ । नगरपालिकाले नया वर्ष २०७६ सालको शैक्षिक क्यालेण्डर निकाल्ने पनि सोही बैठकबाट निणर्य गरिएको प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

कार्यपालिकाको अर्को बैठक माघ ११ गते दिउसो १ बजे बस्ने छ । बैठक मेयर मंगलप्रसाद थारुको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो । बैठकमा उपमेयर चक्र अर्याल, सवै वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : ३३ बजे