१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना



काठमाण्डौ – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना हुनुभएको छ ।उच्च ज्वरो आएपछि उहाँलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उहाँको परिवारले बताएको छ । डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको गएको आइतबारदेखि नै आईसीयूमा राखेर सुमेरु अस्पतालमा नै उपचार भैरहेको छ ।

ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सिता र बिना सासुबुहारी हुन् ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ५ : २० बजे