१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

इन्धन भर्ने क्रममा २ तान्जानियाली पानीजहाजमा आगलागी, ११ जनाको मृत्यु



एजेन्सी ।
दुई तान्जानियाली कार्गो पानीजहाजमा आगलागीपछि विष्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। क्रिमियाको केर्च स्ट्रेस्थित ‘ब्ल्याक सी’मा पानीजहाजमा आगलागी भएको हो।
आगलागीपछि समुद्रमा हाम फालेका १४ जनाको जीवितै उद्दार गरिएको छ। समुद्रमा हाम फालेका अन्य व्यक्तिको उद्दारका लागि प्रयास भइरहेको रसियाली अधिकारीले जनाएका छन्।
दुई पानीजहाजमध्ये एक ग्यास ट्यांकर रहेको र आगो लाग्ने बित्तिकै जहाजमा विष्फोट भएको थियो। रसियाली जल यातायात विभागका प्रवक्ता एलेक्सी कार्भाचेन्कोका अनुसार ग्यास ट्यांकरबाट इन्धन अर्को जहाजमा स्थानान्तरण गर्दा आगो लागेको हो।
‘क्यान्डी’ नामको पानीजहाजमा १७ जना चालक दलका सदस्य तथा अर्को पानीजहाज ुमेस्ट्रोुमा १४ जना कर्मचारी सवार थिए।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : ३६ बजे