११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु



पाल्पा ।
स्याङ्जामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खसेर लाग्दा मङ्गलबार चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका( ३ बाडखोलाका २८ वर्षीय प्रेम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।
सिद्दार्थ राजमार्ग अन्तरगतको वालिङ(१३ गाहाखोलामा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग१क ३७७२ नम्बरको ट्रक माथि बिहान साढे एघार बजे ढुङ्गा खसेर चालक शर्मा घाइते भएका थिए। उनको प्राथमिक स्वास्थ्य चौकी वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ विष्टले बताए।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ७ : ५७ बजे