१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी अर्घाखाँचीद्धारा चालकको स्वास्थ्य परिक्षण



बिष्णु कुमार आले, अर्घाखाँची ।
“स्वच्छ चालक, सफल यात्रा“ भन्ने मुल नारा सहित ट्राफिक प्रहरी अर्घाखाँचीले सवारी चालकहरूको आज स्वास्थ्य परिक्षण गराएको छ । शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीले यस्तो अभियान सुरू गरेको हो ।
प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्ड र विभिन्न गाउँ जाने सडकहरू निकै सागुरो र घुम्ती मोडहरू भएका कारण दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चालकले सवारी चलाउदा टाढाको सानो ,ठूलो वस्तु देख्न सक्छ कि सक्दैन । चालक मानसिक रूपमा स्वच्छ छ कि छैन । चालकको बि पि सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको अर्घाखाँची ट्राफीक प्रहरी प्रमुख प्रबिण आचार्यले बताए ।
आज जिल्लाको सितगंगा ४ अमराई बजारमा सुरू गरिएको अभियानमा ६० जना सवारी चालक , सचालकहरूले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य जाँच पछि मेडिकल बाट प्राप्त रिपोर्ट अनुसार ६० जना मध्ये ५ जना आँखाको कमजोरी र १५ जनाको साविक भन्दा उच्च प्रेसर भएका चालक भेटिएकाले उनिहरूलाई औषधी खान सल्लाह दिएको अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रहरी प्रकाश पोखरेलले बताए ।
जिल्ला भरि संचालन हुने मालवाहक, निजी तथा सवारी साधन गरि ७ सय बढि चालकहरू रहेका छन् । जिल्ला ट्राफिक प्रहरीले गएको हप्ता सन्धिखर्कमा ६९ जना चालकको स्वास्थ्य परिक्षण गराएको थियो । आगामी हप्ता सडक खण्डको नरपानीमा स्वास्थ्य परिक्षण गरिने छ ।
यसै गरि सबै चालक सचालकहरूको स्वास्थ्य परिक्षण गरिने ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता , ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरिक्षक गणेश बहादुर नरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्यले कार्यक्रमको उदेश्य बारे प्रकास पारे । कार्यक्रममा सितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी, सितगंगा उधोग बाणिज्य संघका अध्यक्ष चिरनजिबी अधिकारी, समाज सेबी लक्ष्मण पन्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ११ : १९ बजे