८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

संसद् भवन अगाडिबाट डा केसीका २५ समर्थक पक्राउ



काठमाडौं ।
अनशनरत डा गोविन्द केसीका समर्थकहरूलाई संघीय संसदको संसद भवन गेटअगाडिबाट प्रहरीले गिरफ्तारी गरेको छ । डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै आएका समर्थकहरूले संसद भवन अगाडि नाराबाजी गर्दै गर्दा पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरूमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशी विक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना छन् ।
उनीहरूलाई हाल नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ। बानेश्वर पानीट्यांकीको भाग संसदगेटमा नाराबाजी गरिरहेको अवस्थामा उनीहरुलाइ प्रहरीले गिरफ्तारी गरेको हो। डा केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक शुक्रबार दिउँसो एक बजे बस्ने संघीय संसदको बैठकले पारित गर्ने तयारीमा सरकार छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने पेलेर जान खोजिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ७ : २३ बजे