११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेपालगन्जमा चट्टयाङ लागेर एकजनाको मृत्युुु



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका–२३ जंगली सिंहपुरवाका ३७ वर्षीय लाल मोहम्मद दर्जीको चट्टयाङमा परेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो साँढे २ बजेतिर पानीसँगै परेको चट्टयाङमा परी गम्भीर घाइते भएका दर्जीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिप्रकाका मुद्दा शाखा इन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लले चट्टयाङसँगै परेको पानीको कारण भएको क्षति संकलन गर्ने काम भइरहेको बताए ।
नेपालगन्जको राँझास्थित जल तथा मौसम विज्ञान विभागको हावापानी कार्यालयका अनुसार शुक्रबार ४३ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ दशमलव सात सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  १ : ३४ बजे