२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गुल्मीमा एक व्यक्ति मृत फेला



गुल्मी ।
जिल्लाको रेसुंगा नगरपालिका ९ देउरालीमा एक व्यक्ति मृत फेला परेका छन्। मृतक मालारानी गाउँपालिका अर्घाखाची मरेङ ५ का ३२ वर्षीय कृष्ण बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नीरिक्षक रबिन्द खडकाले जानकारी दिए। खडकाका अनुसार बन्जाडे शनिबार बिहान करिब १० बजे मृत फेला परेका हुन्। मृत्युको कारण चिसोका कारण वा मदिरा सेवनका कारण के हो भन्ने नखुलेकाले त्यसको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको। यसैबीच गुल्मीमा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन्। घाईते हुनेमा मालिका गाउँपालिका वडा नं ६ अर्जैकी १५ वर्षीया शुसीला खत्री , वर्ष १५ कै शुसील खत्री र वर्ष २५ को सुमन खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानएको छ। घाइतेमध्ये शुसीला खत्रीको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने अन्य २ को अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ६ : १८ बजे