१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ब्राजिलमा फलाम खानीको बाँध फुट्यो, कम्तिमा सातजनाको मृत्यु, १५० बेपत्ता



एजेन्सी ।
ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा सातजनाको ज्यान गएको छ । अरु १५० जना भन्दा बढी बेपत्ता रहेको सरकारी अधिकारीले बताएका छन् ।बाँध फुटेका कारण हिलोसहितको पानी ग्रामीण क्षेत्रमा फैलिएको छ । यसले ब्रुमाडिन्होको ग्रामीण क्षेत्र प्रभावित भएको छ । बाँध फुटेपछि फसेकाहरुको उद्धारका लागि आपतकालीन उद्धार टोली पुगेको छ ।
बेपत्ता भएका मध्ये अधिकांश बाँधको क्याफेटेरियामा बिहानको खाना खाँदै गरेका कामदार छन् । क्याफेटेरिया बाँधले पुरिएको छ । बाँध फुट्नुको कारण खुलेको छैन ।

तीन वर्षअघि एउटा बाँध भत्किँदा ब्राजिलको मिनास गेराइस राज्यकै अर्को गाउँमा १९ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ६ : २४ बजे