१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

त्रिभुवन विमानस्थलभित्रै प्रधानमन्त्रीलाई कालो झण्डा



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्रै कालो झण्डा देखाइएको छ । स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई स्वदेश फर्केका ओलीलाई विमानस्थलको सुरक्षा जाँच कक्षमै कालो झण्डा देखाइएको हो । प्रहरीले कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघका केही युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुसिल भट्ट, निरन्जन थापा, सुदीप अधिकारी, सुवास घिमिरे लगायत छन् ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ६ : ३६ बजे