११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

विद्युत चुहावट गर्ने ४१ जना पक्राउ



वीरगञ्ज ।
बारा जिल्लाबाट द्यिधुत चुहावट गर्ने ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाको सँयुक्त टोलीले विद्युत चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
टोलीले जिल्लाको प्रष्टोका, हरपुर, ईनर्वा्सिरा, बसडिलवा लगायतका गाउबाट हुकिङ्ग गरी विद्युत चोरी गरिरहेको ४१ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि विद्युत प्राधिकरण कलैया शाखाको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विद्युत चुहावट गर्नेक्रममा पक्राउ परेका उनीहरु सबैजनाबाट ४ लाख ९१ हजार ४ सय ८३ रुपैयाँ जरिवाना असुल गरिएको विद्युत प्राधिकरण कलैया शाखाले जनाएको।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ९ : ०१ बजे